बैँक / वित्त

सिभिल बैङ्कको वार्षिक साधारण सभा सम्पन्न, ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पारित

civil bank annual function

९ फागुन, काठमाडौं । सिभिल बैङ्क लिमिटेडले १०औं वार्षिक साधारण सभाले ८.४२% प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैङ्कको चुक्ता पुँजीको ८% का दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १ सय ७३ रुपैयाँ ९१ पैसा बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.४२% का दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४ सय ८२ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले आ.व. २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बी.एस.एम.एन्ड एसोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैङ्क र अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बैङ्कको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

सिभिल बैङ्कले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैङ्कले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस