कर्पोरेट

वृज सिमेन्टद्वारा नेपाल स्टारका उत्कृष्ट सिद्धान्त खड्कालाई सिमेन्ट हस्तान्तरण

siddanta khadka

९ फागुन, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारित सांगीतिक कार्यक्रम नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले उनको सपनाको घर बनाउन वृज सिमेन्ट उपलब्ध गराएको छ ।

उक्त कार्यक्रम मार्फत घोषणा गरेको कार्यक्रममा गायक सिद्धान्त खड्काको सम्पूर्ण आवास निर्माणका लागि चाहिने सिमेन्ट वृज सिमेन्टले उपलब्ध गराइदिने कम्पनीका कार्यकारी निर्देशक मोहित केडियाले प्रतिबद्धता जनाएका थिए ।

सिद्धान्त खड्का नेपाल स्टारको इटहरी अडिसनबाट नेपाल स्टारमा प्रवेश गरि उत्कृष्ट छैटौं स्थानबाट भोटको आधारमा बाहिरिएका थिए । नेपाल स्टारको पावर प्याक गायकको रुपमा सिद्धान्त खड्कालाई निर्णायकहरुले लिएका थिए । वृज सिमेन्ट इन्डष्ट्रिजले उनको झापा जिल्लाकोे केर्खामा अवस्थित आफनै निवासमा उद्योगको कारखाना रुपन्देहीबाट कम्पनीले स्वयं ढुवानी गरिदिएको हो ।

उक्त्त सहयोग पुष्पतारा केडिया सेवा फाउन्डेशनको सहकार्यमा वृज सिमेन्टद्वारा प्रदान गरिएको हो । स्मरणीय छ कि पुष्पतारा केडिया फाउन्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद एवं साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको गैर नाफामुलक सामाजिक संस्थाको रुपमा रहेको संस्थाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस