विश्व/प्रवास

नाइजेरियामा सैन्य जहाज दुर्घटनाग्रस्त, विमानमा सवार सबै मारिएको आशङ्का

plane crashed naijeria

९ फागुन, काठमाडौं । नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार सैनिक विमान दुर्घटना भएको छ ।

उक्त विमानमा सवार सबै यात्रु जीवित रहनसक्ने आशा निकै कम रहेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएका समाचारहरूमा बताइएको छ ।

विमान दुर्घटनाको पुष्टि गर्दै उड्डयन मन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दुर्घटनाको पुष्टि गरेका छन् । उनले भने, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

सिरिकाले भने, “दुर्घटना भयानक बताइएको छ । हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौँ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *