सेयर मार्केट

ज्योति लाइफले ६४ करोडको आईपीओ निष्कासन गर्ने, पायो धितोपत्रको अनुमति

jyoti life ipo

१० फागुन, काठमाडौं । प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कुल चुक्ता पुँजीमा कम्पनीले ३० प्रतिशत साधारण सेयर निष्कासनका लागि बोर्डबाट अनुमति पाएको हो ।

अंकित मूल्य १ सयको दरमा कम्पनीले कुल ६६ लाख कित्ता अर्थात ६६ करोड रुपैयाँको आइपिओ निष्कासन गर्नेछ । यसको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको बीमा कम्पनी हो ।

नयाँ कम्पनीमध्ये प्रभु र रिलायन्स लाइफले यसअघि नै आइपिओ जारी गरेका छन् । पछिबाट खुलेका कम्पनीहरु आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस