
१० फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ।
यसैबीच चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस