मुख्य समाचार

मेलम्ची सुरुङको परीक्षण सफल

melamchi

१० फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी सुरुङको परीक्षण सफल भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण गरिएको हो ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणमा खानेपानी मन्त्री मणिचन्द्र थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतका पदाधिकारीहरू आयोजनास्थल मेलम्चीमा पुगेर परीक्षण सुरु गरेका हुन् । गत असारमा यो सुरुङमा पानी भनेर परीक्षण गर्दा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेको थियो ।

त्यसपछि मर्मत गरेर पुन सोमबार पानी छाडिएको हो । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । गत असारमा पानी परीक्षणका क्रममा दुर्घटना भएर २ जनाको मृत्यु भएकाले यो पटक परीक्षण गर्दा पूजा पाठसहित गरिएको मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ ।

मन्त्री थापाले स्विच थिचेर सुरुङमा पानी पठाएपछि आगामी वैशाखदेखि काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउने प्रतिक्रिया दिए । त्यसक्रममा मन्त्री थापाले २ महिना सुरुङ्गमा पानी पठाएर परीक्षण सकिएपछि पिउने पानी नियमित छाडिने पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस