मुख्य समाचार

जावलाखेलमा बसको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

Death Body

१० फागुन, काठमाडौं । जावलाखेलमा ट्राफिक चेकिङमा परेकी स्कुटर चालक महिलाको बसको ठक्करबाट मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईका अनुसार बा.२ख ३५७४ नम्बरको बसले प्रदेश ३-०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । उनले भने, “हाम्रो नियमित चेकिङ थियो । उहाँले त्यसलाई छल्न खोज्दा भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दियो । त्यसक्रममा ज्यान गएको हो ।”

मृतकको पहिचान खुलेको छैन । घटना हुनुमा ट्राफिक प्रहरीको कमजोरी नभएको एसएसपी भट्टराईले दाबी गरे । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको साथमा लाइसेन्स नभेटिएको र त्यसैकारण भाग्न खोजेको हुनसक्ने प्रहरीको दाबी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस