शैक्षिक गन्तव्य

विद्यार्थीहरुलाई उत्प्रेरणा र उज्ज्वल भबिस्यकोलागि परामर्श दिँदै करियर फेस्ट सम्पन्न

career fest

१० फागुन, काठमाडौं । विद्यार्थीहरुलाई उत्प्रेरणा र उज्ज्वल भबिस्यकोलागि परामर्श दिँदै करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परीक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रित गर्दै आयोजना गरेको ‘करियर फेस्ट’ दोस्रो संस्करण सम्पन्न भएको छ ।

फागुन १० गते राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा बाह्र कक्षा पछि के पढ्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श दिइएको कार्यक्रमका एक्जुकेटिभ डाइरेक्टर विशाल केसीले बताए । २ हजार विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा बिस भन्दा बढी कलेजहरुको बारेमा विद्यार्थीहरुले एकै ठाउँबाट जानकारी प्राप्त गरेका छन् ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, कुलमान घिसिङ, व्यांकर मनोज ज्ञावालि र सृस्ठि केसीले विद्यार्थिहरुलाई मार्ग निर्देश गर्नुका साथै अनुभव साटासाट आदानप्रदान गरेको आयोजक संस्थाका एकेडेमीक डाइरेक्टर शिव दनाईले बताए ।

कार्यक्रममा कमेडियन एवम् मोटिभेसनल स्पिकर सन्दिप क्षेत्रि गायक अल्मोडा राना उप्रेति र कृसल कडेल लगायतको प्रस्तुतिका समेत रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *