
१० फागुन, काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले काठमाडौंमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । विश्व चर्चित ग्याजेट कम्पनीले आफ्नो सातौं सर्भिस सेन्टर नयाँ बानेश्वरमा रहेको आइप्लेक्स मलमा संचालन गरेको हो ।
हाल काठमाडौंका दुई स्थानमा कम्पनीका सर्भिस सेन्टरहरु सञ्चालनमा छन् भने उपत्यका बाहिर नारायणघाट, नेपालगन्ज, इटहरी र पोखराबाट सेवा दिइरहेको छ ।
ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको र नेपालमा आफ्टर सेल्स सर्भिस नेटवर्क विस्तार गरी यसतर्फ महत्वपूर्ण कदम चालिएको कम्पनीले बताएको छ ।
यस अवसरमा शाओमी नेपालका कर्ट्री जनरल म्यानेजर शौरभ कोठारीले ग्राहक सेवाका लागि नवीनतम उपायहरुको उत्तम कार्यान्वयनलाई जारी राखिने बताए । यसैबीच यो सर्भिस सेन्टर उद्घाटनका अवसरमा कम्पनीले एक हप्ताका लागि शाओमीका वारेन्टी कार्ड भए/नभएका सम्पूर्ण डिभाइसहरुमा निःशुल्क मर्मत सेवा दिने भएको छ ।