
१० फागुन, काठमाडौं । प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ मा आफ्नो २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
बैङ्कको जुम्लामा शाखा कार्यालयको उद्घाटन गर्दै चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले प्रभु बैङ्कले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए ।
उनले बैङ्कको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैङ्कलाई सफलताको शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस