१० फागुन, गुल्मी । आफ्नै ससुराको हत्या आरोपमा गुल्मी प्रहरीले सोमबार बुहारीलाई पक्राउ गरेको छ । फागुन ८ गते साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ साबिक धोर्गा गाबिसको झमेरेपोखराका ८७ वर्षीय वृद्ध नन्दकुमार ज्ञवाली घरमा मृत फेला परेका थिए ।
घटना रहस्यमय देखिएपछि फागुन ९ गते उनकी ४२ वर्षीया कान्छी बुहारी मनकला ज्ञवालीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए ।
सोही दिन राति करिब ९ः४५ बजेको समयमा नन्दकुमारको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन् । उनलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान थालिएको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस