११ फागुन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यसको सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार आज निफ्राको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ घटेको छ । आज पनि सुरुवाती समयमा यसको सेयर मूल्य १० प्रतिशतले बढेर सात सय २६ रुपैयाँ पुगेको थियो ।
तर, मूल्य घट्न थालेपछि नेप्सेको मार्केटडेप्थमा सेयर किन्न चाहनेहरु पाउनै छाडिएको छ । अहिले १२ बजेर ५५ मिनेटसम्ममा ९ लाख २१ हजार कित्ता सेयर बिक्रीमा छ ।
प्रतिक्रिया दिनुहोस