११ फागुन, काठमाडौं । इरानमा मृत्युदण्डको प्रतीक्षा गरिरहेकी महिला जहरा इस्माइलीको हृदयघातका कारण मृत्यु भएपछि उनको शवलाई फाँसी दिइएको छ । इरानमा शरिया कानूनलाई पालना गर्दै शवलाई फाँसी दिइएको हो । मृत्युदण्ड दिने बेला महिला उभिएको कुर्सी हटाउने अधिकार पीडितकी आमालाई दिइएको थियो । यही अधिकार सदुपयोग गर्नका लागि उनलाई फाँसी दिइएको वकिलले दाबी गरे ।
दोषीका वकिल ओमिद मुरादीका अनुसार जहरालाई कुनै पनि मूल्यमा फाँसी दिनु पर्दथ्यो किनभने उनकी सासु मृत्युको कुर्सी हटाउने अधिकार प्रयोग गर्न चाहन्थिन् । जहराका श्रीमान् इरानी गुप्तचर सेवामा अधिकारी थिए । यी अधिकारीले जहरा र छोरीलाई प्रताडित गर्दथे । जहराका वकिलका अनुसार दुई सन्तानकी आमा जहरालाई लाइन लगाएर राखिएको १६ दोषीको पछाडि राखिएको थियो र उनीहरुलाई झुण्डाएको हेर्न बाध्य पारिएको थियो ।
डेली मेलका अनुसार इस्माइलीको त्यति नै बेला मृत्यु भयो । तर उनीहरुले जहराको टाउकोलाई कालो कपडाले बेह्रिदिए र उनलाई एउटा कुर्सीमा राखेर डोरी उनको घाँटीमा राखिदिए । त्यसपछि पीडितकी आमा अर्थात् जहराकी सासुले कुर्सी धकेलेपछि उनी झुण्डिइन् ।