
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक जमघटबीच प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए ।
ओलीले गत वर्ष भने हेलिकप्टरमा जन्मथलो तेह्रथुम पुगी नेपालको नक्सा आकारको केक काटेर जन्मदिन मनाएका थिए । ओलीले भड्किलो गरी जन्मदिन मनाएको भन्दै त्यतिबेला विरोध समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस