सेयर मार्केट

मंगलबार सेयर बजारमा २१.१६ अंकको गिरावट

stock market

११ फागुन, काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१६ अंकले घटेको छ ।

सेयर बजार समग्रमा ०.८१ प्रतिशतले घटेको हो । बजार २५८६.५१ अंकमा अडिएको छ । आज ८ अर्ब ५६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएको ट्रेडिङ बाहेक सबै समुहमा गिरावट आएको हो ।

४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि बढेको छ । ३ वटा कम्पनीको सेयर ५ प्रतिशत भन्दा माथि बढेको छ । नेपाल फाइनान्स लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकले सबैभन्दा बढी गुमाएको छ ।

बैंकको सेयरमा पहिलो पटक नकारात्मक सर्किट लागेको हो । एकैदिन यसको सेयर मूल्य ६६ रुपैयाँले घटेको हो । यद्यपि सबैभन्दा बढी कारोबार पनि यसैको भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस