मुख्य समाचार

सर्वोच्चको फैसलासँगै झाँक्रीको प्रतिक्रियाः यो नेपाली जनता, कानुनी राज्य र लोकतन्त्रको जित हो !

ramkumari

११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेतृ रामकुमारी झाँक्रीले सर्वोच्चको फैसलासँगै जनताको जित भएको बताएकी छन् । संसद् विघटन बदर भएपछि झाँक्रीले कानुनी राज्य र लोकतन्त्रको पनि जित भएको बताएकी हुन् ।

उनले रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्वान, वरिष्ठ कानुन व्यवसायी र कानुन व्यवसायीप्रति आभार प्रकट गरेका छन् ।

उनले भनेकी छन्, “असंवैधानिक प्रतिगामी कदमविरूद्ध सडकमा आउनुहुने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय विभिन्न राजनीतिक दल, पार्टी सदस्य, समर्थक शुभेच्छुक सबैप्रति आभारी छु ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस