मुख्य समाचार

प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर भएसँगै उपत्यकाका प्रहरी ‘हाई अलर्ट’मा !

nepal police

११ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर भएसँगै प्रहरी ‘हाई अलर्ट’मा बसेको छ । प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले उपत्यका सबै प्रहरीलाई हाई अलर्ट बस्न निर्देशन दिएको हो ।

सरकारको सिफारिसमा गएको ५ पुसमा संसद् विघटन भएको थियो । उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी तयारी अवस्थामा बसेको प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

यस्तै अन्य सुरक्षा निकाय पनि ‘हाई अलर्ट’मा राखिएको उच्च सुरक्षा अधिकारी बताउँछन् । चारवटै सुरक्षा निकायले राजधानी काठमाडौंको सुरक्षामा विशेष ध्यान दिएको बताएका छ्न् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस