
११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाले देश अँध्यारो सुरुङमा जानबाट जोगिएको बताएका छन् । सर्वोच्च अदालतले मंगलबार पुस ५ मा भएको संसद विघटनलाई असंवैधानिक भनेको ठहर गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ ।
अदालतको फैसलासँगै प्रचण्ड–माधव समूहका प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने, ‘अब प्रधानमन्त्रीको राजीनामा अनिर्वाय छ । उहाँले तत्काल राजीनामा दिनुपर्छ र संसदले अर्को सरकार गठन गर्ने लोकतान्त्रिक प्रक्रिया सुरु गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस