
११ फागुन, जनकपुरधाम । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरिदिएसँगै जनकपुरधाममा खुसीयालीसहित दिपावली मनाइएको छ ।
स्थानीय युवाहरुको एक समूहले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको जनक चोकमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिपावली मनाएका हो ।
सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको स्थानीय युवा विक्रम शाहले प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस