
११ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रतिनिधिसभा पुन:स्थापना गर्ने निर्णयले अदालतमाथिको विश्वास बढेर गएको बताएकी छन् ।
फैसलापछि बाह्रखरिसँगको संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ कोइरालाले फैसला जनता र संविधानका पक्षमा आएको बताइन् ।
“आजको सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ यसले देशलाई राजनीतिक स्थिरतातर्फ लागेको छ, यो निर्णयसँगै अदालतको विश्वास र गरिमा पनि थप बढेको छ,” कोइरालले भनिन् । उनले सर्वोच्चको आदेशले संविधान र व्यवस्था जोगाउने कामसमेत गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस