सुनचाँदी

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

gold today price in nepal

१२ फागुन, काठमाडौं । अघिल्लो दिन तोलामा एक हजार १०० रुपैयाँले बढेको सुनको भाउ बुधबार ३०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन तोलाको ८९ हजार ८०० कायम गरेको छ । मंगलबार तोलाको ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ । रु एक हजार ३६० मा मङ्गलबार कारोवार  भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस