१२ फागुन, काठमाडौं । हवाइमार्गबाट भारत भ्रमणमा जाने सबै यात्रुलाई पीसीआर परिक्षण अनिवार्य गरिएको छ ।
भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले नेपालबाट भारत जाने यात्रुका लागि पीसीआर परिक्षणका नेगेटिभ रिपोर्ट अनलाइनमा अपलोड गरेपछि मात्र यात्रा गर्न पाइने निर्णय गरेको छ ।
यसअघि पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो । अब भने यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम बनाइएको छ ।
अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ । अर्कोतर्फ कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिपोर्टसमेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम भारत सरकारले ल्याएको हो ।
यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेबसाइटमा गएर अपलोड गर्न सकिनेछ ।