
१२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता शुरु भएको छ ।
काँग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच केहीबेर अघिबाट छलफल सुरु भएको हो । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड र नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।
देउवा निकट स्रोतका अनुसार तीन नेताबीच अबको राजनीतिक कोर्ष कसरी अघि बढाउने भन्ने बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि पुनःस्थापना भएपछि पनि राजीनामा नदिने संकेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस