लुम्बिनी प्रदेश

बुटवलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

accident

१२ फागुन, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको जीतगढीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बुटवल उप-महानगरपालिका वडा नम्बर १२ जीतगढी स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ च ९०५० नं.को पिकअप जीपले विपरीत दिशाबाट बुटवल तर्फ आईरहेको लु ४६ प ८१७६ नं.को मोटरसाईकल ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मी रुरू गाउँपालिका वडा नं. ७ का ५६ वर्षीय बाबुराम पन्थीको क्रममा मृत्यु भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस