
१२ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक अर्ब आठ करोड रुपैयाँको सुनको जलहरी राखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार क्षमापूजा गरेपछि जलहरी राखिएको हो ।
पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार गर्ने काम जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पुगेकी थिइन् ।
राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरी राखिएपछि कालिगड, सुरक्षाकर्मी लगायतलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस