मनोरञ्जन ताजा समाचार

भुवन केसी लेख्छन्–‘संवैधानिक संकट टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन’

bhuwan kc

१२ फागुन, काठमाडौं । मंगलबार साँझ सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनस्र्थापना पछि नेपाली फिल्मका सदाबहार अभिनेता भुवन केसीले पनि उक्त फैसलाको स्वागत गरेका छन् । उनले फेसबुकमा एउटा स्टाटस पोष्ट गर्दै उक्त फैसलाको स्वगत गरेका हुन् ।

उनमा नेतृत्व माथिको आशङ्का भने टरिसकेको छैन । ‘संवैधानिक संकट त टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन,’ अभिनेता केसीले लेखेका छन्, ‘आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनु होला ।’

कलाकारको राज्य र राजनीतिप्रतिको चासो सकारात्मक देखिन्छ । उनले संविधान र जनतालाई फाइदाको लागि प्रयोग नगरी ‘मेरो नेता’ भन्दा गर्व महसुस हुने वातावरण सिर्जना होस् भन्ने अपेक्षा राखेका छन् ।

bhuwan status

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस