मुख्य समाचार

लुम्बिनी प्रदेशमा मिलिजुली सरकार बन्न सक्छ: युवराज ज्ञवाली

yubraj gyawali

१२ फागुन, दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहका नेता तथा लुम्बिनी प्रदेशका इञ्चार्ज युवराज ज्ञवालीले केन्द्रमा मिलिजुली सरकार बनेमा त्यही अनुसार प्रदेशमा पनि सरकार बन्ने बताएका छन् ।

बुधबार एनएमबिसँग संक्षिप्त कुरा गर्दै ज्ञवालीले नेपाली कांग्रेसलगाएतका दलसँग मिलेर मिलिजुली सरकार निर्माण हुने जानकारी दिए । ‘लाज सरम भए प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ,’ नेता ज्ञवालीले भने, ‘यदि उहाँले राजीनामा दिनु भएन भने संसदमा अविश्वासको प्रस्ताव पेश गरी बहुमतले फ्याँक्नेछौं ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरि १३ दिन भित्र संसद अधिवेशन बस्न आदेश गरेबमोजिम आफूहरूले सदनको तयारी समेत गर्ने उनले जानकारी दिए । ‘म अहिले नेपालगञ्जमा छु र मलाई तुरुन्त काठमाडौं आउन भनिएकाले तत्काल काठमाडौं जाँदै छु,’ ज्ञवालीले भने, ‘अब नेपाली कांग्रेसलगायतका दलसँग छलफल गरेर अगाडि बढ्ने हो ।’

प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्चको निर्णय ऐतिहासिक र जनताको पक्षमा भएको भन्दै उनले खुसी साटे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस