
१२ फागुन, काठमाडौं । बुधबार सेयर बजार परिसूचक (नेप्से) १२.५६ अंकले बढेको छ । बढेको बजार २५९९.०८ विन्दुमा पुगेर रोकिएको हो ।
आज १ करोड ६७ लाख २६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । १२ मध्ये २ बाहेक बाँकी सबै समूहका सूचकमा वृद्धि छ । बीमा तथा होटेल समूहमा सबैभन्दा बढी वृद्धि छ ।
३ कम्पनीको भाउ करिब १० प्रतिशतले वृद्धि भएको छ । कारोबार रकममा नेपाल र्बैंक अग्रस्थानमा रहेको छ । यसको ५८ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा निफ्रा र तेस्रोमा नेको इन्स्योरेन्स परेका छन् ।
प्रतिक्रिया दिनुहोस