
१२ फागुन, मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले संवैधानिक इजलासद्वारा प्रतिनिधिसभा विघटन बदर गरेको खुसीयालीमा बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार विजय र्याली निकालेको छ ।
हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी स्कुलको चौरमा भेला भएका सो पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रतिगमनको हार भएको भन्दै आपसमा खुशी साट्दै र्याली निकालेका हुन् ।
उनीहरुले ‘सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई’, ‘न्यायालयलाई धन्यबाद’ जस्ता नारा लगाएका थिए । उक्त र्यालीले हेटौंडाको मुख्य–मुख्य चोकहरुको परिक्रमा गर्दै सीमाचोकमा पुगेर सभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस