मुख्य समाचार

अदालतको फैसला कार्यान्वयन गर्ने ओली पक्षको निर्णय

KP oli

१२ फागुन, काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनलाई बदर र १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्चले मंगलबार गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

फैसला कति उपयुक्त थियो थिएन् भन्ने विषयमा फरक दृष्टिकोणहरु रहेको उनले बताए । ‘मुख्य चिन्ताको विषय मुलुकमा फेरी एकचोटी असैद्धान्तिक संमीकरणहरु, नीतिहिन  गठबन्धनहरु जोडघटाउतिर गएर मुलुक थप विकृतीतिर जान्छ की भन्ने चिन्ता छ,’  उनले भने,  ‘अदालतको फैसलालाई सम्मान गर्नु हाम्रो कर्तव्य हो, किनभने हामी विधीको शासनमा विश्वास गर्छौ ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन भनेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस