
१२ फागुन, काठमाडौं । कुमारी बैंक लिमिटेडले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गसँग सम्झौता गरेको छ ।
कुमारी बैंकका ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु लिंदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्ने उद्देश्यले सो सम्झौता भएको बैंकले जनाएको छ । सम्झौता पछि बैंकका सेवाग्राहीहरूलाई एडभान्स काठमाडौंबाट विभिन्न सुविधा उपलब्ध हुने जनाइएको छ ।
सम्झौतामा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य तथा जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता–पत्र अनुसार जीवन्त एडभान्स काठमाडौं इमेजिङमा एम.आर.आई. सीटी स्क्यानलगायत अल्ट्रा साउन्ड शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०%सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।