मनोरञ्जन ताजा समाचार

वैवाहिक जीवनमा बाँधिए गायिका अन्जु पन्त र थिर कोइराला

anju panta married

१२ फागुन, काठमाडौं । गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएका छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् ।

भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ । केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि पन्त भने  मौन रहँदै आएकी थिइन् । तर थिरले भने विवाहको कुरो मिडियामा स्वीकारेका थिए ।

गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग  विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत रहेकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *