मुख्य समाचार

प्रचण्ड–माधव समूहका सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन

pushpa kamal dahal prachanda

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई राजधानी उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् ।

बैठकमा अध्यक्षद्वयले प्रतिगामी र प्रतिक्रान्तिकारी विरुद्धको लडाई जारी रहेकोले सतर्क रहन समेत सांसदहरुलाई सचेत गराएका छन् । बैठकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालेको सो पार्टीका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनारले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस