मुख्य समाचार

नेकपा नामको विवादको सुनुवाई सकियो, फागुन २० मा फैसला

Supreme Court

३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विषयमा परेको रिटमाथिको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतले सो मुद्दामा फागुन २० मा निर्णय सुनाउने भएको छ ।

बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस