समाचार

स्व. महेन्द्रनारायण निधिको प्रतिमा अनावरण

mahendranarayan nidhi

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.महेन्द्रनारायण निधिको प्रतिमा स्थापना गरिएको छ । काठमाडौंको बसुन्धारा स्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल भित्र निधिको प्रतिमा स्थापना गरिएको हो ।

नेपाली काँग्रेसका उप–सभापति विमलेन्द्र निधिले बिहीबार महेन्द्रनारायण निधिको प्रतिमा अनावरण गरेका छन् । सो अवसरमा उप–सभापति निधिले अस्पतालको नवनिर्मित भवन समेत उद्घाटन गरेका थिए ।

नेपालमा पहाडी भेगको प्रतिनिधित्व गर्दै राजनीतिको शीर्ष तहमा तथा राज्यको महत्वपूर्ण निकायमा पुगेका व्यक्तिहरुको तराईमा प्रतिमा निर्माण गरिने गरिएको भएपनि तराई मधेशको प्रतिनिधित्व गर्दै राजनीतिको शीर्ष तहमा पुगेका व्यक्तिहरुको पहाडी भेगमा खासै प्रतिमा स्थापना नगरिएको विगत रहेको छ ।

तराई मधेसबाट स्थापित नेताहरुमध्ये पहिलोपल्ट स्व. महेन्द्रनारायण निधिको काठमाडौंमा प्रतिमा स्थापना भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *