मुख्य समाचार

वैदेशिक राेजगारीकाे प्रलाेभनमा टर्की पुर्‍याएर मानव बेचबिखन गर्ने दुई जना पक्राउ

pakrau

१३ फागुन, काठमाडौं । वैदेशिक राेजगारीकाे प्रलाेभनमा पारेर दुई महिला (आमाछाेरी) लाई टर्की पुर्‍याइ मानव बेचबिखन गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाण्डाै तार्केश्वर नगरपालिका जरङ्खु डेरा गरी बस्ने गोरखा नगरपालिका-१ घर भएका जीवन भट्ट र काठमाडौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-४ घर भएकी पूर्णिमा सिर्पाली बस्नेत रहेकाे प्रहरीले जनाएकाे छ ।

मासिक ८०/९० हजार रुपैयाँ तलव हुन्छ भनेर उनीहरुले आमाछोरीलाई टर्की पुर्‍याएर बेचेको आरोप लागेको छ । सुरुमा आमाछोरीले रकम पूर्णिमा बस्नेत नाम गरेकी महिलालाई दिएका थिए ।

त्यसपछि बस्नेत सम्पर्कबिहिन भएकी थिइन् । केही समय पश्चात सम्पर्कमा आउँदा पीडितहरुले हामी बिदेश जादैनौं भनि पैसा फिर्ता माग्दा टर्कीको कार्ड बनिसकेकोले जानैपर्छ भेर बस्नेतले भनेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *