समाचार

म्यानपावरले तीन करोड रूपैयाँ ठग्यो, ठगिनेमा पूर्व सेना र प्रहरी

rautahat paisa

१४ फागुन, काठमाडौं । बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ । एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म एक सय ५० जनाले उक्त म्यानपावरले ठगी गरेको रकम फिर्ताको माग राखी निवेदन दिएका छन् । ‘उजुरीका आधारमा तीन करोड रूपैयाँ असुल गर्नुपर्ने देखिएको छ,’ उनले भने ।

यसरी ठगिनेमा धेरैजसो नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा कार्यरत तथा जागिर छाडेका छन् । उक्त म्यानपावरले पोर्चुगल, रोमानियालगायत युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै एकजनाबाट दुईदेखि १५ लाख रूपैयाँसम्म असुल गरेको थियो । अफगानिस्तान जान भन्दै उक्त म्यानपावरलाई तीन लाख रूपैयाँ बुझाएका सशस्त्र प्रहरीका पूर्ववरिष्ठ हबल्दार मधुकुमार ठकुरीले धेरैजसोलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक पाइने भन्दै म्यानपावर सञ्चालक र कर्मचारीले प्रलोभनमा पारेका थिए ।

ठकुरीलाई उक्त म्यानपावरले कुल पाँच लाख रूपैयाँ तिर्नुपर्ने सर्त राखेको थियो । ‘चिनेजानेका धेरैजसो साथी सोही म्यानपावरलाई पैसा तिरेर वैदेशिक रोजगारीमा जान तयार भएका रहेछन्,’ उनले भने, ‘मैले पनि सशस्त्र प्रहरीमा काम गरेको १६ वर्ष पूरा भइसकेको थियो । अनि जागिर छाडेर विदेश जाने निर्णय गरें ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *