मुख्य समाचार

पूर्वमन्त्री तथा काँग्रेस नेता जोशीलाई मस्तिष्कघात

Nabindra Raj Joshi

१४ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई ब्रेन हेमरेज (मस्तिष्कघात) भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस