
१४ फागुन, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो ।
यसैगरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस