मुख्य समाचार

कुटपिट गरेको आरोपमा नायक पल साहविरुद्ध प्रहरीमा उजुरी

pal shaha

१४ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।

म्युजिक भिडियो सुटिङका लागि धरान  पुगेका पलले आफूलाई आक्रमण गरेको आरोप लगाउदै प्रधानले उजुरी दिएको बताएका छन् । प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको बताए ।

धरानमा पललाई लोकेसन हेर्नेदेखि सबै काममा आफूले सहयोग गरेको तर आफूमाथि नै आक्रमण भएपछि उजुरी हाल्न बाध्य भएको उनले बताएका छन् । उनका अनुसार धरानको एक होटलमा खाना खाने बेलामा विवाद उत्पन्न भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस