मनोरञ्जन ताजा समाचार

‘ब्यूटी सलोन’ उद्घाटन गर्न पुगिन् मनिषा

manisha open

१४ फागुन, काठमाडौं । नायिका मनिषा कोइरालाले बौद्धमा संचालनमा आएको अनानिक ब्यूटी सलोन एन्ड स्पाको उद्घाटन गरेकी छन् । ‘अनानिक ब्युटी सलोन एन्ड स्पा’को पाँचौ ब्राञ्चको रुपमा बिहीबारबाट सञ्चालनमा आएको उक्त स्पाको अभिनेत्री मनिषाले रिवान काटेर उद्घाटन गरेकी थिइन् ।

ओपनिङमा अभिनेत्री मनिषा कोइरालासहित, सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दीपकराज गिरी, कलाकार तथा निर्देशक दिपाश्री निरौला, गायिका समृद्धि राई, अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल २०२० नम्रता श्रेष्ठ लगायत दर्जन बढी सेलिब्रेटी पुगेका थिए । कार्यक्रममा अभिनेत्री कोइरालाले अनानिक टिमलाई बधाई र सफलताको शुभकामना दिएकी थिइन् ।

क्यानडाबाट सुरु भएको अनानिकले नेपालमा ५ वटा ब्रान्च खोलेको छ । नयाँ बानेश्वर, दरबारमार्ग, लाविम मल, पोखरा पछि बौद्धमा यसको शाखा विस्तार भएको हो । अनानिकका सञ्चालक सुरवीन राई हुन् । एक समय बलिउडमा थुप्रै सुपरहिट फिलम दिन सफल मनिषाले करिब आधा दर्जन नेपाली फिल्म पनि अभिनय गरेकी छन् । उनी पछिल्लो समय राजनीतिमा आउने चर्चा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस