
१४ फागुन, पाल्पा । जिल्लाको रामपुर नगरपालिका–७ किसान बारीमा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ६ विजयपुरका ३० वर्षीय सञ्जु आले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
खप्टारबाटबाट विजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिहिबार राती साढे ९ बजे दुर्घटनामा परेको थियो । मोटरसाकइल सडकभन्दा ७ मिटर तल खसेको छ । घाइते भएका आलेलाई उपचारको लागि रामपुर अस्पताल पुर्याएपछि डाक्टरद्वारा मृत घोषण गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस