
१४ फागुन, तनहुँ । इटालियन ब्राण्ड भेस्पा र अप्रिलियाको नयाँ शोरुम गोरखाको हरमटारी र तनहुँको आबुखैरेनीमा खुलेको छ । उपत्यका बाहिर (मोफसल) का यी दुई स्थानमा कम्पनीले पहिलो पटक नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
बिहिबार एक कार्यक्रमकाबीच कम्पनीले औपचारिक रुपमा शोरुम उद्घाटन गरेको छ । हरमटारी बजार स्थित नयाँ शोरुमकको उद्घाटन गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् ।
नेपालका लागि भेस्पा अप्रिलियका लागि आधिकारीक वितरक दुगड ग्रुप रहेकोमा सो स्थानमा भने कम्पनीको आधिकारीक वितरकको रुपमा निलभ अटो ट्रेडर्सले आधिकारिकता पाएको हो । यसका सञ्चालक निरोज कट्टेल हुन् ।
सोरुम उद्घाटन गर्दै दुगडका उपाध्यक्ष विजयकुमार महतोले पृथ्वी नारायण शाहको भूमिमा नयाँ शाखा विस्तार गर्न पाउनु सौभाग्यको कुरा रहेको बताए । निलभ अटो ट्रेडर्सले गोरखामा रोयल इन्फिल्डको सोरुम समेत सञ्चालन गर्दै आएको छ ।