१४ फागुन, काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको छ । चिनियाँ नयाँ वर्षका अवसरमा उपलक्ष्यमा चीन सरकारका तर्फबाट स्टेसनरी, खेलकुद तथा स्वास्थ्य सामग्री र पोसाक सहयोग गरिएको हो ।
विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरिन् । त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले पुनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा सहयोग गरेको बताए ।
२०७२ सालको भूकम्पमा पूर्ण रूपमा क्षति भएको दरबार हाइस्कुल भवन चिनियाँ सरकारले पुनर्निर्माण गरिदिएको थियो । चीन सरकारकै सहयोगमा विद्यालयमा फर्निचरलगायत सबै सामग्रीको व्यवस्थापन गरिएको थियो। पुनर्निर्माणपछि विद्यालयमा पठनपाठन सुरु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस