मुख्य समाचार

काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

Nabindra Raj Joshi

१४ फागुन, काठमाडौं । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ ।

विहीबार राति मस्तिष्कघात भएका जोशीको यतिबेला नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । जोशीलाई बिहीबार राति शरीरको देब्रे पट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको थियो । न्युरो सर्जन डा.राजीव झासहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *