
१४ फागुन, काठमाडौं । नेपालमा शुक्रबार थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ११२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ५४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार २७७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस