कर्पोरेट

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण

Sanima Bank Patan Hospital

१४ फागुन, काठमाडौं । सानिमा बैङ्क लिमिटेड र पाटन अस्पताल बीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ ।

उक्त सम्झौताअन्तर्गत सानिमा बैङ्कले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको हो ।

सानिमा बैङ्क​ले प्रत्येक “नारी बचत खाता” बापत बैङ्कको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैङ्कले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गरेको हो ।

सानिमा बैङ्कको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरे ।

बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नका साथै बैङ्कको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस