समाचार

अवैध औषधिसहित एक व्यक्ति पक्राउ

arrest

१४ फागुन, काठमाडौं । सशस्त्र प्रहरीको टोलीले अवैध औषधिसहित सिरहाबाट एक युवकलाई पक्राउ गरेको छ ।

भारतीय बजारबाट ल्याउँदै गरेका विभिन्न कम्पनीको करिब रु ५० हजारको औषधिसहित धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी निवासी ४२ वर्षीय अब्जल मन्सुरलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सिरहाको माडरस्थित भन्सार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोलीले जाँचको क्रममा अवैध औषधिसहित मन्सुरलाई पक्राउ गरेको जनाइएको छ ।

मन्सुरलाई औषधि र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय मार्डरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस