
१४ फागुन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास देख्न नचाहनेहरु सरकारको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।
हेटौंडा उपमहानगरपालिका १३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडेको बताएका हुन् ।
सरकारको कामलाई आफ्नै आसपासमा रहेकाहरुले नदेखेजस्तो गरेको उनको भनाइ थियो । उनले बागमती प्रदेश सरकारले विकास निर्माणका कामलाई प्राथमिकता दिँदै आएको दावीसमेत गरे ।
प्रतिक्रिया दिनुहोस