समाचार

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

arrest

१५ फागुन, सिन्धुपाल्चोक । नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ बस्ने ३८ वर्षीय जित बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बलेफी गाउँपालिका-४ टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले बाह्रबिसे नगरपालिका-८ मानेश्वरामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस